प्रतिबेदनमा सहमति नजुटेपछी धकेलियो कांग्रेस बैठक

काठमाडौँ।नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भदौ १६ गते दिउँसो २ बजे बस्ने भएको छ।

उक्त बैठक यसअघि भदौ १२ गते बस्ने निर्धारण गरिएकामा यस अवधिमा संघीय संसद् बैठक नियमित भएकाले कांग्रेसको बैठक भदौ १६ गतेका लागि तोकिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
महामन्त्रीद्वयको प्रतिबेदनमा उल्लेख भएका चुनावी तालमेल, एक्जिट पोलिसी र महाधिवेशन कार्यतालिकाबारे सहमति जुटाउन कठिन भएपछि बैठकको मिति धकेलिएको हो।सहमतिका लागि सभापति शेरबहादुर देउवाले आज बिहान बोलाएको बैठक निष्कर्षविहीन बनेको थियो।

