बाढीपहिरो लगायतका विपद्मा परी हालसम्म २०३ जनाको मृत्यु

काठमाडौं।अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायतका विपद्मा परी आइतबार दिउँसोसम्म २ सय ३ जनाको मृत्यु भएको छ।

बाढीपहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २८ जना,मधेश प्रदेशमा ८ जना,बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा ५६ जना,लुम्बिनी प्रदेशमा ३७ जना, कर्णाली प्रदेशमा १३ जना र सुदूरपश्चिम प्रदेशमा १६ जना गरी जम्मा २ सय ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
यस अवधिमा २ सय ५१ जना घाइते,५४ जना बेपत्ता र ६ हजार ४४ घर परिवार विस्थापित भएका छन् भने २ सय १० जनाको उद्दार गरिएको प्रहरीको भनाई छ। file foto

