स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन नतिजामा सोलुखुम्बुमा नेचासल्यान पहिलो,सोताङ अन्तिम
कुन पालिकाले कति अंक प्राप्त गरे ? हेर्नुस् तालिका

सोलुखुम्बु। स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा जिल्लाका ८ वटा स्थानीय तहमध्ये सोलुखुम्बुमा नेचासल्यान गाउँपालिका उत्कृष्ट स्थानीय तह भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सावर्जनिक गरेको आर्थिक वर्ष २०७९/०८० को नतिजा अनुसार नेचासल्यान जिल्लाकै उत्कृष्ट स्थानीय तह भएको हो ।नतिजामा सोलुदुधकुण्ड दोश्रो र खुम्बु पासाङ ल्हामु गाउँपालिका तेस्रो ठहरिएका छन् भने सोताङ गाउँपालिका सबैभन्दा कमजोर देखिएको छ।
गाउँ तथा नगरपालिकाको कार्य प्रकृया र उपलब्धिको लेखाजोखा गरी शासकिय प्रकृया र बिकास व्यवस्थापनमा गर्नु पर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने आवधिक समिक्षाको आधार प्राप्त गर्ने र स्थानिय सरकार बिच स्वस्थ प्रतिश्पर्धाको भावना जागृत गराउने उद्धेश्यले स्थानिय तह संस्थागत क्षमता स्वमुल्याङ्कन गरी आ व २०७९ /०८० को गुणस्तर परिक्षण कार्य सम्पन्न गरी नतिजा सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ ।file foto

