रास्वपाले आयोजना गर्यो स्वदेशी उत्पादनको प्रदर्शनी

काठमाडौं।स्वदेशी उत्पादनको प्रवर्द्धन तथा बजारीकरणमा सहयोग पुर्याउने उद्धेश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्वदेशी उत्पादनको प्रदर्शनी आयोजना गरेको छ।

‘आत्मनिर्भर नेपाल अभियान’अन्तर्गत वनस्थली चमतीस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित प्रदर्शनीमा विभिन्न ३० प्रदर्शनी कक्ष छन्। यसमा कृषि सामग्री,खेतीबाली,स्वदेशी खाद्यान्न,प्राङ्गारिक मल,हस्तकलाका सामग्री,जडिबुटी तथा वनस्पति,अल्लो र गाँजाका कपडालगायत सामग्री छन् ।
सो अवसरमा रास्वपाका उद्योग विभाग प्रमुख एवं सांसद गणेश पराजुलीले उद्यमीले गरिरहेका प्रयासलाई प्रवर्द्धन तथा बजारीकरणमा सहयोग पुर्याउन प्रदर्शनी आयोजना गरिएको बताए।

