खोटाङको राखावाङदेलमा खोलामा डुबेर दुई बालकको मृत्यु



काठमाडौं।खोटाङमा विद्यालयबाट घर फर्कने क्रममा खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ। खोलामा डुबेर खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ राखावाङदेलमा दुई बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी पुरुषोत्तम खड्काका अनुसार जनहित प्राविमा अध्ययनरत ९ वर्षीय राज राई र ११ वर्षीय अर्जुन राईको चङखु खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो। राज कक्षा ४ मा र अर्जुन कक्षा ५ मा अध्ययनरत थिए।

इलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटेको प्रहरी टोलीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको खोटाङका डीएसपी खड्काले बताए।

प्रतिक्रिया दिनुहोस्