आबुखैरेनी दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २७ पुग्यो

तनहुँ । तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर-२ स्थित मर्स्याङ्दी नदीमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ ।
शुक्रबार भारतीय नम्बर प्लेट-७६२३ को बस मर्स्याङ्दी नदीमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २७ पुगेको हो ।२६ जनालाई आँबुखैरेनीमै मृत घोषणा गरिएको र एकजनाको भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकहरूको सनाखत भने भैसकेको छैन ।मृत्यु भएकाहरुको पोष्टमार्टम पोखरामा हुने भएको जनाइएको छ्।

यस्तै १६ जनालाई उपचारका लागि काठमाडौँ लगिएको छ । उनीहरू भारतबाट पोखरा हुँदै काठमाडौँ आउँदै थिए ।बसमा ४३ सवार रहेको बताईएको छ ।

