स्वदेश फर्किइन परराष्ट्रमन्त्री राणा



काठमाडौं।परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा पाँचदिने भारत भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्किएकी छिन् ।

भारत भ्रमणबाट फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै परराष्ट्रमन्त्री राणाले यो भ्रमणले शताब्दीऔँ पुरानो नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास रहेको बताइन् ।

क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरेकी थिइन् । यस्तै, परराष्ट्रमन्त्री राणा र उनका भारतीय समकक्षी एस जयशंकरबीच द्विपक्षीय वार्ता भएको थियो ।दिल्लीमा रहँदा मन्त्री राणाले स्वास्थ्य जाँच पनि गराएकी थिइन् ।

परराष्ट्रमन्त्री राणालाई स्वागत गर्न पर्यटनमन्त्री बद्रि पाण्डे विमानस्थलमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्