बाढीपहिरो लगायतका विपद्मा परी हालसम्म कति भयो जनधनको क्षति ?



काठमाडौं।अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायतका विपद्मा परी शनिबार दिउँसोसम्म १ सय ८१ जनाको मृत्यु भएको छ।

बाढीपहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा ५५ जना, लुम्बिनी प्रदेशमा ३५ जना, कर्णाली प्रदेशमा १० जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय ८१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

साथै काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३८ जना, मधेश प्रदेशमा ११ जना, बागमती प्रदेशमा २३ जना, गण्डकी प्रदेशमा ४६ जना, लुम्बिनी प्रदेशमा १५ जना, कर्णाली प्रदेशमा ५७ जना र सुदूरपश्चिम प्रदेशमा २८ जना गरी जम्मा २ सय २९ जना घाइते भएका छन् भने काठमाडौं उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना,बागमती प्रदेशमा १२ जना,गण्डकी प्रदेशमा १४ जना,लुम्बिनी प्रदेशमा ३ जना,कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी जम्मा १ सय १३ जनाको उद्दार गरिएको छ।

प्रहरीका अनुसार,बाढी पहिरोमा परी कोशी प्रदेशमा ३ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ५० जना वेपत्ता भएका छन्। वेपत्ताको खोजी कार्य जारी छ।बाढीका कारण जम्मा ३ सय ८४ घर डुबानमा परेका छन् । ३ सय १० वटा घर, १ सय ७ वटा गोठ, ४९ वटा पुल, ४ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। ८ सय ३० वटा पशु चौपायको मृत्यु भएको छ। उक्त अवधिमा विपद्‌का घटनाबाट ४ हजार ६ सय ८९ घर परिवार विस्थापित भएका छन् ।file foto

प्रतिक्रिया दिनुहोस्