थामे बाढी : घर पूर्ण क्षति हुने पीडित परिवारलाई ६५ हजार राहत बितरण,क-कस्ले पाए?




सोलुखुम्बु।खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नं-५ थामेका बाढी पीडितलाई राहत स्वरुप प्रति घर ६५ हजार नगद उपलब्ध गराईएको छ।

हिमताल फुटेर शुक्रबार थामे खोलामा आएको बाढीका कारण घर पूर्ण क्षति भएका १५ परिवारलाई गाउँपालिकाले ५० हजार र दैबी प्रकोप उद्दार राहत समितिले १५ हजार गरी उपलब्ध गराएको ६५ हजार राहत रकम रक्षामन्त्री मानबीर राईले पीडित परिवारलाई शनिबार बितरण गरेका हुन्।

रक्षामन्त्री राई नेतृत्वको टोली प्रभावित क्षेत्रको निरीक्षणका लागि शनिबार बिहान नेपाली सेनाको हेलिकप्टरबाट थामे पुगेको थियो।

गाउँपालिकाले जनाए अनुसार शुक्रबार आएको बाढीले आङडोमा शेर्पा,दादीकी शेर्पा,मिङ्मारिता शेर्पा,मिङ्मानुरु शेर्पा,कामी तेम्बा शेर्पा,आप्पा शेर्पा,जाङ्मु शेर्पा,मिङ्मा नुरु शेर्पा,कामिरिता शेर्पा,टसी शेर्पा,थुप्तेन दोर्जी शेर्पा र ङिमा शेर्पा,लाक्पा ग्याल्जेन शेर्पा,मिङ्मा फुरी शेर्पा र आङफुर्वा शेर्पाको घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्