विभिन्न स्थानमा चार जना मृत फेला




काठमाडौं।देशका विभिन्न स्थानमा शुक्रबार चार जना मृत फेला परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाए अनुसार दोलखा,कपिलवस्तु,बर्दिया र नवलपरासी पश्चिममा एक एक जना गरी चार जना मृत फेला परेका हुन्।

दोलखा जिल्लाको जिरी नगरपालिका-२ भिरखर्क बस्ने ३६ वर्षीय शेर बहादुर खत्री आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यसैगरी,कपिलवस्तुको शुद्धोधन गाउँपालिका-३ लवनी बजारस्थित दुर्गा मन्दिर परिसरमा सोही ठाउँ बस्ने ४५ वर्षीय पुजन कहार र नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ टिएनसी चोकस्थित सडक किनारामा नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष पनि मृत फेला परेका छन् ।

उता,बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका-८ औरीस्थित बबई सिँचाईको नहरमा हाल नाम, थर, वतन नखुलेकी करिब ४५ वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।-सांकेतिक तस्बिर

प्रतिक्रिया दिनुहोस्