थामे बाढी अपडेट : झण्डै दुई दर्जन घरमा क्षति,माप्यदुधकोशीमा पाँच परिवारलाई सुरक्षित स्थानमा सारियो



सोलुखुम्बु। जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका-५ मा थामेमा लेदो सहित आएको पहिरोका कारण १४ वटा घरमा पूर्ण क्षति पुगेको छ ।

शुक्रबार दिउँसो २ बजे आएको बाढीका कारण स्थानीय ७ वटा घर,५ वटा होटल,एउटा विद्यालय र एउटा क्लिनिक पूर्ण रूपमा क्षतिग्रस्त भएको र ७ घर जोखिममा रहेको प्रहरीले जनाएको छ।
घटनास्थलमा नेपाली सेना,इलाका प्रहरी कार्यालय थाम्बुचे र अन्य प्रहरी युनिटहरुबाट समेत खटिएको प्रहरी टोलीले उद्दार कार्य गरिरहेको प्रहरीको भनाई छ।

घटनामा एक जना बेपत्ता भएका छन् भने ६ जनालाई सुरक्षाकर्मीले उद्दार गरेको छ।पानीको बहाव घट्दै गए पनि कटानका कारण माथिल्लो तटीय क्षेत्रमा जोखिम कायमै रहेको र तल्लो तटीय क्षेत्रमा कटानका कारण माप्य दुधकोशी गाउँपालिका -६ बोदेबहर बलेखाका ५ घरका मानिसहरु सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्