घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य



काठमाडौँ।नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागु हुने गरी पेट्रोल,डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको छ।

इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट घटेर आएपछि स्वचालित प्रणालीअनुसार निगम सञ्चालक समिति बिहीबार साँझ बसेको बैठकले पेट्रोलमा प्रतिलिटर पाँच रूपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर तीन रूपैयाँ घटाउने निर्णय गरेको हो।

पहिलो वर्गका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १६२.५० रूपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १५२.५० रूपैयाँ कायम भएको छ। त्यस्तै दोस्रो वर्गका क्षेत्रमा पेट्रोल प्रतिलिटर १६४ र डिजेल तथा मट्टितेल प्रतिलिटर १५४ रूपैयाँ कायम भएको निगमले जनाएको छ।

तेस्रो वर्गका क्षेत्रमा पेट्रोल प्रतिलिटर १६५ रूपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १५५ रूपैयाँ कायम भएको छ।

निगमले चारआली, विराटनगर, जनकपुर, वीरगञ्ज, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र धनगढीलाई पहिलो वर्गमा राखेको छ। सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौँ, पोखरा र दियाललाई तेस्रो वर्गमा राखेको छ।

प्रतिक्रिया दिनुहोस्