जसपा नेपालले आधारभूत संगठन निर्माण अभियान चलाउने




काठमाडौँ।जनता समाजवादी पार्टी(जसपा)नेपालले आफ्ना केन्द्रीय सदस्यहरूलाई अभियानमा खटाएको छ ।

ललितपुरको सानागाउँस्थित थसी व्याङ्क्वेटमा चार दिनसम्म चलेको बैठकले पार्टीका केन्द्रीय नेतालाई आधारभूत सङ्गठन निर्माण अभियानमा खटाएको सो पार्टीका केन्द्रीय सदस्य पूर्ण बस्नेतले जानकारी दिए ।

विराटनगरमा आगामी भदौ १८ गते, जनकपुरमा भदौ १५ गते, वीरगञ्जमा भदौ १७ गते, काठमाडौँमा भदौ ९ गते, भैरहवामा भदौ २३ गते, नेपालगञ्जमा भदौ २४ गते, पोखरामा भदौ २५ गते र टीकापुर तथा धनगढीमा भदौ २५ गते प्रशिक्षण एवं अभिमुखीकरण कार्यक्रम हुने केन्द्रीय सदस्य बस्नेतले बताए ।

अभियानको नेतृत्व केन्द्रीय समितिले गर्ने एवं पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई अभियानको अनुगमनका लागि खटाइने सो पार्टीले जनाएको छ । तोकिएका अभियन्तालाई प्रदेश स्तरीय अभिमुखीकरणको आयोजना गरिने जनाइएको छ ।

बस्नेतका अनुसार अभिमुखीकरणमा सम्बन्धित प्रदेशका केन्द्रीय कार्यकारिणी सदस्य, अभियन्ता, केन्द्रीय निकाय, विभागका प्रमुख तथा सदस्य, प्रदेश तथा राष्ट्रिय समितिका पदाधिकारी,जिल्ला तथा पालिकाका पदाधिकारी, जनप्रतिनिधि तथा जनसङ्गठनका पदाधिकारी सहभागी हुने छन् । उक्त अभियान भदौदेखि सुरु भई मङ्सिर मसान्तसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्