बाढीपहिरो लगायतका विपद्मा परी हालसम्म १७४ जनाको मृत्यु



काठमाडौं।अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायतका विपद्मा परी बुधबार दिउँसोसम्म १ सय ७४ जनाको मृत्यु भएको छ।

बाढीपहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २६ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय ७४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस अवधिमा २ सय २४ जना घाइते,४९ जना वेपत्ता र ४ हजार ४ सय ३ घर परिवार विस्थापित भएको प्रहरीले जनाएको छ।file foto

प्रतिक्रिया दिनुहोस्