मनसुनजन्य बिपद्का कारण हालसम्म १७३ जनाको मृत्यु, ४ हजार ३ सय २२ घर बिस्थापित



काठमाडौं।अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी-पहिरो लगायतका विपद्मा परी सोमबार दिउँसोसम्म १ सय ७३ जनाको मृत्यु भएको छ।

बाढी-पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २६ जना, मधेश प्रदेशमा ७ जना,बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय ७३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यस अवधिमा २ सय २३ जना घाइते,
१ जना गरी ४८ जना वेपत्ता, ४ हजार ३ सय २२ घर बिस्थापित भएका छन् भने बाढीको कारण जम्मा ३ सय ८४ घर डुबानमा परेका छन् ।बाढीका कारण २ सय ७५ वटा घर, १ सय ४ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको र ८ सय १२ वटा पशु चौपायको मृत्यु भएको पनि प्रहरीले जनाएको छ। file foto

प्रतिक्रिया दिनुहोस्