कुटपिट गरी ससुराको हत्या गरेको अभियोगमा ज्वाइँ पक्राउ




पर्सा।वीरगंज महानगरपालिका-७ रामटोल बस्ने ६५ वर्षीय सिताराम सर्राफको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही महानगरपालिका-१० प्रगती टोल डेरा गरी बस्ने बारा कलैया उपमहानगरपालिका-१ राजदेवी टोल घर भएका ३१ वर्षीय साजन सर्राफ छन्।उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।साजन सितारामका ज्वाइँ हुन्।

उनीहरूबीच झैझगडा एवम् कुटपिट हुँदा गम्भीर घाइते भएका सितारामको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।यस सम्बन्धमा आवश्यक अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ।-सांकेतिक तस्बिर

प्रतिक्रिया दिनुहोस्