अखिल(क्रान्तिकारी)सोलुखुम्बु-काठमाडौं सम्पर्क समन्वय समितिको भेला सम्पन्न,अध्यक्षमा कुलुङ



काठमाडौं।अखिल(क्रान्तिकारी)सोलुखुम्बु-काठमाडौ सम्पर्क समन्वय समितिको अध्यक्षमा बिशाल कुलुङ चयन भएका छन्।

अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष इन्द्र भुषालको प्रमुख आतिथ्यता तथा अखिल क्रान्तिकारीका पुर्व केन्द्रीय समिति सचिव तथा हाल सोलु-काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष सुरेशबाबू जमरकट्टेलको विशेष आतिथ्यतामा मित्रपार्कस्थित
पशुपति बहुमुखी क्याम्पसमा सम्पन्न भेलाले कुलुङको अध्यक्षतामा ९ जना पदाधिकारीसहित २५ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो।

तदर्थ समितिका संयोजक विशाल कुलुङको सभापतित्वमा सम्पन्न सो भेलालाई अखिल क्रान्तिकारीका उपाध्यक्ष नारायण खनाल,उप-महासचिव हेमन्त राई,सचिव मदन लिम्बू, तथा नेकपा माओवादी केन्द्रका युवा नेता भुपेन्द्र कट्टेलले सम्बोधन गरेका थिए।

रोशन खालिङले सञ्चालन गरेको सोही कार्यक्रममा नवनिर्बाचित कार्य समितिलाई सपथ गराईएको थियो।कलम र तारा अंकित झण्डा हस्तान्तरण गरेर आजै कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरिएको अखिल क्रान्तिकारीका पूर्ब केन्द्रीय सचिब जम्मरकट्टेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्