श्रीमतीलाई मट्टितेल छर्केर आगो लगाउने दिपेन सदा गिरफ्तार
काठमाडौं ८ श्रावण । श्रीमतीलाई मट्टितेल छर्केर आगो लगाउने सप्तरी सुरुङ्गा नगरपालिका–३ बस्ने दिपेन सदालाई प्रहरीले पक्रेकोे छ । दिपेनले २७ वर्षीया श्रीमतीलाई मट्टितेल छर्केर आगो लगाई घाईते बनाएका थिए ।

प्रहरी चौकी लक्ष्मीपुर र ईप्रका भेडियाबाट खटिएको टोलीले बुधवार २९ वर्षीय सदालाई पक्रेको हो । घाईतेको धारान स्थित घोपा अस्पतालमा उपचार भइरहेको छ ।

