६६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेर फरार ब्यक्ति पक्राउ
दाङ।करिब ६६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कपिलबस्तु महाराजगंज नगरपालिका-२ मनवलिया बस्ने ३४ वर्षीय शिवकुमार कुर्मी पक्राउ परेका छन् ।उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो।

कुर्मीले ती महिलालाई दाङ घोराहीस्थित पीडितकै घरमा ढोका फोडेर प्रवेश गरी बुधबार राति जबरजस्ती करणी गरी फरार रहेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

