सभामुख घिमिरे र प्रतिपक्षी सांसदहरुबीच भनाभन



काठमाडौं ।प्रतिनिधि सभा बैठक आइतबारसम्मका लागि स्थगित भएको छ।

प्रतिपक्षी दलका सांसदहरुको निरन्तर विरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले १३ गते बिहान ११ बजे अर्को बैठक बस्ने गरि आजको बैठक स्थगित गरेका हुन्।सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका लागि शुक्रबार ११ बजेका लागि डाकिएको बैठक शुरु भएलगत्तै सभामुख घिमिरेले बैठकको शुन्य समय र विशेष समय नरहेको जानकारी गराएका थिए ।

तर, प्रतिपक्षी दलहरुले बोल्ने समय पाउनुपर्ने भन्दै विरोध जनाएका थिए । प्रतिपक्षीले जनताको कुरा राख्नुपर्ने भन्दै समय माग गरेपछि सभामुख र प्रतिपक्षीबिच केहीँ बेर भनाभनको स्थिति बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्