नेचासल्यानमा ६९ जनाले पाए नयाँ अपाङ्गता परिचयपत्र



सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा ६९ जना अपाङ्गता भएका ब्यक्तिहरुलाई नयाँ परिचयपत्र वितरण गरिएको छ ।

गाउँपालिका, कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेसनको साझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम अन्तर्गत सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण,अपाङ्गता पहिचान, अपाङ्गता परिचय-पत्र अद्यावधिक एवं नयाँ अपाङ्गता परिचय पत्र वितरण सम्बन्धि शिबिर सञ्चालन गरी गाउँ पालिकाका ५ वटै वडामा गरि कुल ६९ जनालाई नयाँ परिचय पत्र बितरण गरिएको उपाध्यक्ष बिना राईले जानकारी दिइन।अपाङ्गता सम्बन्धि सो शिबिरबाट
६१ जनाको परिचयपत्र नविकरण गरिएको छ।

उपाध्यक्ष राईका अनुसार जेठ ५ गते वडा नं १ बाट सुरु भएर ९ गते वडा नं ४ मा समापन गरिएको शिबिरमा वडा नं १ मा ११ जनालाई नयाँ र १० जनाको नवीकरण,वडा नं २ मा ८ जनालाई नयाँ र ९ जनाको नवीकरण,वडा नं ३ मा १७ जनालाई नयाँ र १७ जनाको नवीकरण, वडा नं ४ मा १७ जनालाई नयाँ र १३ जनाको नवीकरण र वडा नं ५ मा १६ जनालाई नयाँ र १२ जनाको नवीकरण गरिएको छ।

जसमध्ये वडा नं १ मा ४ जनाले क,२९ जनाले ख, ४ जनाले ग, वडा नं २ मा ८ जनाले क,१६ जनाले ख,१ जनाले ग र ३ जनाले घ, वडा नं ३ मा ८ जनाले क, २९ जनाले ख, ६ जनाले ग र २ जनाले घ बर्गको परिचयपत्र प्राप्त गरेका छन्।यसैगरी,वडा नं ४ मा १ जनाले क,२६ जनाले ख,५ जनाले ग र १ जनाले घ तथा वडा नं ५ मा १ जनालाई क १६ जनालाई ख,५ जनालाई ग बर्ग र ४ जनालाई घ बर्गको परिचयपत्र प्रदान गरिएको उनले बताईन।

वडा नं १ को भुमेश्वरी माबि,२ को पि.एछ.सी,३ को बेतघारी स्वास्थ्य चौकी,४ को सामुदायिक अस्पताल र ५ को वडा कार्यालयमा सञ्चालित शिबिरमा ११७ जना पुरुष र ८८ जना महिलाको गरि २०५ जनाको स्वास्थ्य परीक्षण गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत युवराज पोखरेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्