नोवल स्कूल र काठमाडौ विश्वविद्यालयबीच शिक्षण सिकाईलाई प्रभावकारी बनाउन सहकार्य हुने



भक्तपुर।नोवल स्कुल र काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनबीच सम्झौता भएको छ ।

सूयविनायक नगरपालिका ३ बालकोट,भक्तपुरमा अवस्थित नोवल स्कुल र काठमाडौ विश्वविद्यालय स्कुल अफ एजुकेशनबीच विद्यालयमा आधुनिक एवं समय सापेक्ष शिक्षण सिकाई गराउन शिक्षकलाई नियमित कार्यशालामा सहभागी गराउने र विद्यार्थीलाई सिकाइ प्रक्रियामा सक्रिय गराउने उद्देश्यले सम्झौता गरिएको हो।

विद्यालयको तर्फबाट संस्थापक प्रधानाध्यापक कुमार कटेल र काठमाण्डा विश्वविद्यालयको तर्फवाट प्रा.डा. बालचन्द्र लुईटेलले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रा.डा.लुंइटेलले यस सहकार्यबाट शिक्षकको पेशागत सीप अभिवृद्धि,विद्यार्थीको शैक्षिकस्तर सुधार तथा २१ औं शताब्दीका सीपहरु एवं सेवा आदानप्रदान हुने बिश्वास व्यक्त गर्नुभयो ।

विद्यालयका तर्फबाट विद्यालयका प्रधानाध्यापक कटेलले विश्वविद्यालयसँगको यस सहकार्यले शिक्षक,विद्यार्थी एवम् विद्यालयको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुग्ने दृढ विश्वास व्यक्त गर्नुभयो ।

साथै विद्यार्थीको शैक्षिक उन्नयनमा शिक्षकहरुको महत्वपूर्ण भूमिका रहेको र यसका लागि शिक्षकहरु निरन्तर सक्रियताका साथ अघि बढ्नुपर्ने कुरामा जोड दिनुभयो । शिक्षण विधिमा पाठ्यक्रममा आधारित रहेर STEAM-based Projects का क्रियाकलापहरुलाई जोड दिई विभिन्न अन्य नविनतम शिक्षण विधिहरुबाट प्रशिक्षित शिक्षकहरुबाट निरन्तर पठनपाठन हुदै जांदा विद्यालयमा अध्यनरत विद्यार्थीको सिकाई उपलब्धिमा क्रमिक सुधार र विकास हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्