थुलुङ दुधकोशीमा अपाङ्गता परिचयपत्र वितरण तथा आवश्यकता पहिचान शिविर सम्पन्न, ४८ जनालाई नयाँ कार्ड
सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँपालिकामा अपांगता भएका व्यक्तिको स्वास्थ्य परीक्षण,अपाङ्गता परिचयपत्र वितरण तथा आवश्यकता पहिचान सम्बन्धी शिविरको समापन गरिएको छ।

जनतालाई घर आगनमै सेवाप्रवाह गर्ने नीति अन्तर्गत वडा नं ९ लोखिमबाट सुरु गरिएको सो शिबिर बुधबार वडा नं ६ मा पुगेर समापन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रशन्नदीप राईले जानकारी दिनुभयो।वडा नं ६ मा अपाङ्गता पहिचान भएका ब्यक्तिहरुलाई कार्ड बितरण गरेर थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष अशिम राईले अभियानको समापन गर्नुभएको थियो।
अपाङ्गता भएका २४ जना पुरुष र १६ जना महिला गरि ४० जनाको स्वास्थ्य परीक्षण गरिएको वडा नं ६ मा १५ वटा नयाँ अपाङता परिचय पत्र बितरण गरिएको छ।जसमध्ये पूर्ण अशक्त अपाङता १ जना,अति अशक्त अपाङ्गता ९ जना,मध्यम अपाङता ३ र सामान्य अपाङ्गता भएका २ जना रहेका छन्।
उता,वडा नं १ मा २१ जना पुरुष र १२ जना महिलामध्ये अति अशक्त अपाङ्गता भएका ३ जनालाई नयाँ कार्ड बितरण गरिएको छ।वडा नं २ मा १६ जना पुरुष र ११ जना महिलामध्ये पूर्ण अशक्त अपाङ्गता भएका १ जना,अति अशक्त २ जना र सामान्य अपाङ्गता भएका १ जना,वडा नं ३ मा २४ जना पुरुष र १७ जना अति अशक्त अपाङता भएका ४ जना र मध्यम अपाङता भएका ४ जना,वडा नं ४ मा ३० जना पुरुष २८ जना महिलामध्ये अति अशक्त अपाङता भएका १ जना र मध्यम अपाङता भएका ४ जना,वडा नं ५ मा ३० जना पुरुष र २३ महिलामध्ये अति अशक्त अपाङता भएका ३ जनालाई नयाँ कार्ड बितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत राईले जानकारी दिनुभयो।
यसैगरी,वडा नं ७ मा १५ पुरुष र २१ महिला मध्ये पूर्ण अपांगता भएका १,अति अशक्त अपांगता भएका १ जना र मध्यम अपांगता भएका १ जना गरि ३ जना,वडा नं ८ मा ३५ जना पुरुष र १३ महिला मध्ये पूर्ण अशक्त १ र मध्यम अपांगता भएका ४ जना गरी ५ जना र वडा नं ९ मा ३९ जना पुरुष र १९ जना महिला मध्ये पूर्ण अपांगता भएका १ र मध्यम अपांगता भएका १ जना गरी २ जनालाई नयाँ अपांगता परिचय पत्र बितरण भएको जनाईएको छ।
यसबीचमा सबै वडामा गरी २३४ पुरुष र १६० महिला गरि जम्मा ३९४ जनाको स्वास्थ्य परीक्षण गरिएको समापन कार्यक्रममा जानकारी गराईएको थियो।
गाउँपालिका अध्यक्ष राईले समापनका अवसरमा अभियानमा जोडिएर जनताको घर आँगनमा पुगेर सेवा प्रवाहमा जोडिने सबै जनप्रतिनिधि, कर्मचारी तथा स्वाथ्यकर्मीहरुलाई विशेष धन्यवाद प्रकट गर्नुभएको थियो।

