पक्राउ परे कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया



काठमाडौं।कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अफ्नै कार्यालय थापाथलीबाट पक्राउ परेका छन् ।

उनलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीको टोलीले मंगलबार नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ गरेको हो। सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत, धनुषाले मंगलबार अनुमति दिएको थियो ।

सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिएका थिए । जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो।उनलाई मंगलबार नै धनुषाको जनकपुर लैजाने तयारी प्रहरीको छ ।

प्रतिक्रिया दिनुहोस्