नेचासल्यान र पञ्चनका आगलागी पीडितलाई कांग्रेस नेता कार्कीको आर्थिक सहयोग



सोलुखुम्बु।नेपाली कांग्रेस सोलुखुम्बुका नेता एबम समाजसेवी प्रकाशसिं कार्कीले थुलुङ दुधकोशी गाउँपालिका वडा नं ३ पञ्चनका आगलागी पीडित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउनु भएको छ।

आगलागीका कारण घर पूर्ण क्षतिग्रस्त भएका पूर्णबहादुर अधिकारी,हस्तिमाया राई,बडिसुब्बा राईलाई जनही ५ हजार,बुद्धिमाया चर्मकार,निशान राई,दिलबहादुर राई,पारस राईलाई ३ हजार,गोठ तथा घाँसमा क्षति पुगेका कालिबहादुर अधिकारी,सेतीदेवी कार्की,बुद्धि बहादुर कार्की,बसन्त राई,लाखधन राईलाई जनही २ हजार तथा मानबीय अङभंग भएका सनबहादुर सार्की र दिललाल बिकलाई जनही २ हजार नगद उपलब्ध गराउनुभएको वहाँको सचिवालयले जनाएको छ।

गत बैशाख १९ गते स्थानीय सामुदायिक वनबाट सुरु भएको डढेलोले थुलुङ दुधकोसी गाउँपालिका वडा नम्बर ३ पञ्चनका ९ घरसहित गोठ तथा मतान जलेका थिए ।

नेता कार्कीले नेचासल्यान-२ मा आगलागीका कारण घर पूर्ण क्षतिग्रस्त भएका ज्ञानबहादुर खत्रीलाई नगद १० हजार आज र यसअघि देउपुजेका पीडित तीन परिवारलाई प्रतिपरिवार १० हजार नगद सहयोग गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्