युवा संघ नेपाल नेचासल्यानको अधिबेशन सम्पन्न,३७ सदस्यीय कमिटी गठन



काठमाडौं।राष्ट्रिय युवा संघ नेपाल नेचासल्यान गाउँपालिका कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ।

नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य तथा सोलुखुम्बु जिल्ला इन्चार्ज किशोरकुमार अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न अधिबेशनले नृप ध्वज राईको अध्यक्षतामा ३७ सदस्यीय गाउँपालिका कमिटी सर्बसम्मत चयन गरेको छ।

कमिटीको उपाध्यक्षमा सन्तोष मगर सचिवमा आशिष श्रेष्ठ,उपसचिवमा मनोज रोक्का र देवेन्द्र निरौला तथा कोषाध्यक्षमा नविना राई चयन भएको राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी सदस्य तथा सोलुखुम्बु जिल्ला इन्चार्ज प्रवेश किराँतीले जानकारी दिए।

किराँतीका अनुसार निन्जा राई, खेमराज मगर, किशोर मगर, पाल्साङ शेर्पा, लेखनाथ निरौला,गोपाल बास्तोला, विदुर कटेल, सरोज भट्टराई,राजु शर्मा, दिपिका बास्तोला,रोहित कटेल – उमेश कटेल, मातृका कटेल रहेका छन्।

यसैगरी,गुणराज विक,बुधराज राई,आयुष राई,दिपेश राई,युवराज राई प्रदिप राई (फुर्के),निर कुमार राई, प्रकाश कटेल,लक्की राई,हेमन राई,दिपक विक,ख्याम नारायण श्रेष्ठ,गणेश राई,चेतन श्रेष्ठ,दिपक राई,किरण राई,विवेक राई,डेनु राईलाई अधिबेशनले सदस्य चयन गरेको किराँतीले जानकारी दिए।

अधिबेशनमा प्रदेश कमिटी सचिवालय सदस्य तथा संघीय इन्चार्ज महेश किराँती,नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोला,उपाध्यक्ष आशकुमार राई ‘शिशिर’ सचिब कल्पना राई,उपसचिव मोहन कुमार कार्की र युवा संघ नेपाल सोलुखुम्बुका अध्यक्ष खिलबहादुर कटुवाल (किशोर) लगायत जिल्ला कमिटीका अन्य पदाधिकारीको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्