कोशीमा थपिए मन्त्री,१० सदस्यीय बन्यो मन्त्रिमण्डल
काठमाडौं।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मन्त्री परिषद बिस्तार गरेका छन्।बिस्तारसंगै कोशी मन्त्री परिषद १० सदस्यीय बनेको छ।

गत वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका कार्कीले विस्तार गरेको मन्त्रिमण्डलअनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयमा रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्रालय गणेश उप्रेती, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा लिलावल्लभ अधिकारी, स्वास्थ्य मन्त्रालयमा राजेन्द्र कार्की हुनुहुन्छ । त्यसैगरी खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्रालयमा एकराज कार्की, सामाजिक विकास मन्त्रालयमा पाँचकर्ण राई, उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा मुख्यमन्त्री आफैँ र पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नारायण बुर्जा मगर मन्त्री नियुक्त भएका छन्।
दुई राज्यमन्त्रीहरू सिर्जना राई मुख्यमन्त्री कार्यालय र बन्दना झाँगडलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको हो। यही मन्त्रिपरिषदलाई लिएर अहिलेको सरकार आगामी निर्वाचनसम्म चल्ने मुख्यमन्त्री कार्कीको दाबी छ।
संविधानको धारा १६८ (५) अनुसार अघिल्लो हप्ताको बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले उपधारा ४ अनुसार वैशाख ३१ गते विश्वासको मत लिएका थिए।

