नेकपा (माओवादी केन्द्र)को विधान अधिवेशन आज समापन गर्ने तयारी



काठमाडौँ । हिजो स्थगित नेकपा (माओवादी केन्द्र)को विधान अधिवेशन केहिबेरमा सुरु हुंदैछ। सुझाव संकलनका लागि गठित २० समूहमध्ये आजको बैठकमा सात समूहले आफ्नो सुझाव प्रस्तुत गर्ने बताइएको छ ।

मंगलबारबाट सुरु बिधान अधिबेशनका क्रममा बुधबार १३ समूहले आ-आफ्नो सुझाव पेश गरेका थिए।कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको अधिवेशन आज समापन गर्ने तयारी रहेको माओवादी केन्द्रले जनाएको छ ।

सुझाव पेस गर्ने क्रममा महाधिवेशन प्रतिनिधिहरु पार्टी समिति सदस्यबाट निर्वाचित भएर आउनुपर्ने, शहीद, बेपत्ता र घाइतेका सदस्यका प्रतिनिधिलाई महाधिवेशनमा परिवेक्षकका रुपमा राख्नुपर्ने, पार्टीलाई छरितो एवं जनमैत्री बनाएर सबै क्षेत्र र समुदायलाई समेटेर लैजानुपर्ने विषयहरु उठान भएका छन् । 

प्रतिक्रिया दिनुहोस्