कार दुर्घटना हुंँदा क्यानडामा दुई नेपाली विद्यार्थीको मृत्यु



काठमाडौं।कार दुर्घटनामा परी क्यानडामा दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ। गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) क्यानडाका अध्यक्ष माधव दुलालका अनुसार अन्टारियो प्रान्तको दक्षिणमा पर्ने लण्डनमा मंगलबार बिहान तीन वटा कार ठोक्किएका थिए।

कार दुर्घटनामा मृत्यु हुनेमा सिन्धुपाल्चोकका युवक र सोलुखुम्बुकी युवती रहेका छन्। उनीहरू दुवै जना अविवाहित भएको बुझिएको छ।

उनीहरू लण्डनस्थित फेन्सअ कलेजमा अध्ययनरत रहेका थिए। दुई वर्षअघि क्यानडा पुगेका उनीहरू बिहान काममा जान लागेको समयमा कार दुर्घटनामा परेको थियो।

प्रतिक्रिया दिनुहोस्