सत्ता गठबन्धनको बैठक निष्कर्षहिन,भोलि बिहान पुनः बस्ने
काठमाडौँ।राष्ट्रिय सभा निर्वाचनमा सिट संख्या बाँडफाँटका लागि छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक भोलि (बिहीबार) बिहान नौ बजे पुनः बैठक बस्ने भएको छ।

आजको दलहरुको बैठक बिना निष्कर्ष टुंगिएपछी गठबन्धनको बैठक भोलिका लागि बोलाईएको हो।प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार अपराह्न बोलाएको बैठक पनि निष्कर्षविहीन बनेको होबैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूसँग राष्ट्रिय सभामा आफूहरुलाई जिरो नबनाउन आग्रह गरेको कुरा प्रस्तुत गरेको र त्यसमा एमालेसँग ठोस प्रस्ताव आए छलफल गर्न सकिने कुरा पनि भएको नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताए।
उनले सो विषयमा सत्तारुढ दलहरुबीच कुनै सहमति नभएकाले
बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतका नेताहरु सहभागी थिए।

