बालकुमारी घटना छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन



काठमाडौं।सरकारले बालकुमारी घटनाको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा उक्त आयोग गठन गरेको हो।आयोगमा पूर्वएआइजी अरूण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

मन्त्रिपरिषद्ले आयोगलाई ‍ घटनामा भएको मानवीय, भौतिकलगायत क्षतिको विवरण अध्ययन÷ विश्लेषण गरी घटनाको कारण र उक्त स्थानमा गरिएको सुरक्षा प्रबन्ध तथा सुरक्षा योजनाको अध्ययन गरी त्यसमा भएका कमीकमजोरी पत्ता लगाउन निर्देशन दिएको छ।

आयोगले दोषी देखिएका जोकोहीलाई पनि कारबाहीको सिफारिस गर्नेछ। उक्त घटनामा २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो। आयोगलाई १ महिनाभित्र प्रतिवेदन पेस गर्न भनिएको छ।

सोही बैठकले मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ।यसबाट बार्षिक ६० लाख जोगिने प्रधानमन्त्री कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्