आज स्वर्गबासी राजा बीरेन्द्रको ७८ औं जन्मजयन्ती मनाईदैं



काठमाडौं । आज पुस १४ गते स्वर्गीय राजा वीरेन्द्र शाहको जन्मदिन ।देशभर स्वर्गबासी राजा बीरेन्द्रको स्मरण गरिदैंछ।शाहको जन्मजयन्तीको अवसर पारेर आज जावलाखेल चोकमा रहेको वीरेन्द्रको शालिकमा माल्यार्पणको कार्यक्रम समेत राखिएको छ ।

राजा महेन्द्रको जेष्ठ पुत्रको रुपमा २००२ साल पुस १४ गते जन्मिएका राजा वीरेन्द्रले पिताकाे शासनकालको राम्रै अनुभव पाएका थिए ।  राजा वीरेन्द्र वीर विक्रम शाह वि.स. नेपालका दशौं शाहवंशीय राजा थिए । शाहले वि.सं. २०२८ देखि वि.स. २०५८  जेठ १८ गतेसम्म नेपालको शासन गरेका थिए । 

माध्यमिक शिक्षा भारत दार्जीलिङको सेन्ट जोसेफ कलेजबाट पूरा गरेपछि राजा बिरेन्द्र बेलायतको इटन कलेजमा पढेका थिए । पछि जापान तथा अमेरिकामा पनि उनले थप अध्ययन गरेका थिए । वीरेन्द्रको विवाह वि.सं. २०२२ सालमा ऐश्वर्य शाहका साथ भएको थियो ।

राजा वीरेन्द्रकै समयमा वि.सं. २०३७ सालमा जनमत संग्रह र जनआन्दोलन २०४६ बाट नेपालमा प्रजातन्त्रको पुनर्वहाली भएको थियो । पहिलो पटक वि.सं. २०३६ सालमा पञ्चायत वा बहुदल के रोज्ने भनेर जनतालाई व्यवस्था रोज्न जनमत संग्रहको घोषणा गरिएको थियो ।

नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्व सामु राखेर शान्तिवादी राजाको छवी बनाएका उनको मृत्यु भने रहस्यमय ढंगले एउटा कहालीलाग्दो शुक्रवारे पारिवारिक जमघटका बेलामा भएको थियो ।

राजा वीरेन्द्रको २०५८ साल जेठ १९ गते नारायणहिटी दरबारमा भएको हत्याकाण्डमा मृत्यु भएको थियो ।राजा वीरेन्द्रसंगै रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति लगायत १२ जनाको हत्या भएको थियो ।उक्त घटना अझै रहस्यमै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्