कमजोरी लुकाउन बालकुमारी घटनामा सरकारले बल प्रयोग गरेको ओलीको आरोप



काठमाडौँ।पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कमजोरी लुकाउन बल प्रयोग गर्ने सरकारको शैली निन्दनीय भएको बताउंदै बालकुमारी घटनाको तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘बालकुमारी घटनामा होनहार दुईजना नवयुवकको ज्यान गयो, बल प्रयोग समस्याको समाधान होइन, समस्या समाधानमा अनुत्तरदायी रहने र आफ्नो कमजोरी लुकाउन बल प्रयोग गर्ने सरकारको शैली निन्दनीय छ। घटनाको तत्काल छानबिन गरी दोषीलाई कारबाही गर, ज्यान गुमाउने युवाप्रति भावपूर्ण श्रद्धाञ्जलि र परिवारजनमा गहिरो समवेदना, अब यस्तो कहिल्यै नहोस्।’

आज कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा दिन नपाएपछि युवाहरूले ललितपुरको बालकुमारीमा गरेको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागि दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र शाह रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिए।

स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र गोली प्रहार समेत गरेको थियो। file foto

प्रतिक्रिया दिनुहोस्