ईलेक्ट्रोनिक मोटरसाइकल बनाउने लिखुपिकेका छात्र आशिष बिश्वकर्मालाई नेबिसंघको आर्थिक सहयोग
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति सोलुखुम्बुले लिखुपिके-५ भकान्जे चन्द्र ज्योति माबिको कक्षा ९ मा अध्ययनरत छात्र आशिष विश्वकर्मालाई नगद तथा सम्मानपत्रले सम्मानित गरेको छ ।

विद्यार्थी आशिष विश्वकर्माले १५ दिनको समयमै ईलेक्ट्रोनिक मोटरसाइकल बनाएका थिए।विद्यार्थी विश्वकर्माले गत हप्ता ईलेक्ट्रोनिक मोटरसाइकल बनाएका थिए । विद्यार्थी विश्वकर्मालाई नेपाली कांग्रेस लिखुपिकेका सभापतिले सुरज बस्नेतले नेपाल विद्यार्थी संघ मार्फत रू ५ हजार सहयोग गर्नुभएको थियो।
कार्यक्रममा नेपाल विद्यार्थी संघ सोलुखुम्बुका उपाध्यक्ष एवं प्रदेशसभा `ख´ का संयोजक राजिव बस्नेत सचिव मोहन कृष्ण निरौला लगायत पदाधिकारीहरुको उपस्थिति रहेको नेपाल विद्यार्थी संघ सोलुखुम्बुका उपाध्यक्ष एवं प्रदेश सभा ख का संयोजक राजिव बस्नेतले जानकारी दिनुभयो ।

