कोशी प्रदेशले गर्‍यो शेर्पाको नाम राष्ट्रियसभा सदस्य उम्मेदवारका लागि केन्द्रमा सिफारिस



सोलुखुम्बु।नेपाली कांग्रेसका केन्द्रीय सदस्य आङगेलु शेर्पा राष्ट्रियसभा सदस्य उम्मेदवारका लागि सिफारिस भएका छन्।

पार्टी कोशी प्रदेश समितिले राष्ट्रियसभाका रिक्त सदस्य पदका लागि माघ ११ गते हुने निर्बाचनका लागि सोलुखुम्बुमा बलियो पकड भएका शेर्पासहित अन्य नेताहरुको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको हो।प्रदेश समितिबाट सिफारिस नाममध्ये केन्द्रीय समितिले छनौट गरेपछि आधिकारिक उम्मेदवार तय हुने प्रावधान छ।

जिल्लागत रूपमा आएका नामलाई आधार बनाएर सिफारिस नाममा शेर्पाका अतिरिक्त पार्टीका पूर्व महामन्त्री तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमन्त्री महेश आचार्य, डा. मीनेन्द्र रिजाल र सुजाता कोइराला लगायतका नेताहरु छन्।

राष्ट्रियसभा निर्बाचनकै लागि उम्मेदवार बन्न नेपाली कांग्रेसको गण्डकी प्रदेश समितिले पनि १ सय ७८ जनाको नाम सिफारिस गरेको छ।गण्डकीबाट उम्मेदवारका रूपमा सिफारिस भएका नेताहरुमा गण्डकीका पूर्बमख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल,पूर्ब उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ र पूर्बमन्त्री रोमी गौचन थकाली छन्।

यसैगरी,कांग्रेस बागमती प्रदेशले ९१ जनाको नाम सिफारिस गरेको छ । सिफारिस गरिएका नेतामा बरिस्ठ कलाकार नीर शाह देखि केन्द्रीय सदस्य गणेश लामासम्म छन्।

प्रतिक्रिया दिनुहोस्