कार्यालयबाटै पक्राउ परे कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली
पोखरा । सहकारी ठगी प्रकरणमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन् । पर्वत प्रहरीले बुधबार दिउँसो उनलाई कार्यालयबाटै नियन्त्रणमा लिएको पर्बत प्रहरीले जनाएको छ।

सहकारी रजिस्ट्रारको कार्यालय पोखराको रजिस्ट्रार हुँदा मित्रमिलन बचत तथा ऋण सहकारीको कार्यक्षेत्र विस्तार गर्ने विषयमा उनले घुस लिएको आरोप छ ।
पराजुली कास्कीमा हुँदा सहकारी प्रकरणमा मुछिएका थिए ।
कास्की प्रहरीकै अनुरोधमा पर्वत प्रहरीले उनलाई पक्राउ गरेर कास्की पठाउन लागेको हो । पक्राउ पूर्जी जारी भएयता उनी केही समय फरार थिए । सांकेतिक तस्बिर

