सार्वजनिक लेखा समितिमा ‘टेरामक्स’ खरिदबारे छलफल, लेनदेन शंकास्पद रहेको सांसदहरुको तर्क
काठमाडौं । प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले नेपाल दूरसञ्चार प्राधिकरणले अघि सारेको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम अर्थात् ‘टेरामक्स’ खरिद प्रक्रियामा अपारदर्शी कारोबार भएको बताएका छन् बुधबार संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद सिंहले टेरामक्स खरिदका लागि लेनदेन अपारदर्शी भएको बताएका हुन् ।
“यहाँ पैसाको लेनदेन पारदर्शी भएन । राष्ट्र बैंकलाई थाहा छैन । पैसा बोरामा बोकेर गएको कि प्लेनमा ?,” बैठकमा बोल्दै सांसद सिंहले भने,“किनेको छ कि छैन ? किनेको भए किन जडान भएन ? हामी उद्देश्यहीन बैठक बसेका छौँ । चोख्याउन खोजेको हो कि कारबाही गर्न खोजेको हो ?उनले लेबनान आफैँ समस्यामा रहेको देश भन्दै हाम्रो देशको समस्या कसरी पार लाउँछ भनेर समेत प्रश्न गरेका छन् ।

टेरामक्समा भ्रष्टाचार भएको भन्दै उनले यसमा संलग्न नेता र कर्मचारी सबैलाई समाउनुपर्ने बताए ।
बैठकमा बोल्दै नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सार्वजनिक लेखा समितिले टेरामक्सबारे विषय टुङ्गो लगाउन नसक्ने बताए।बास्कोटाले टेरामक्स प्रकरणमा छलफल र छानबिन गर्न शक्तिशाली समिति नै चाहिने समेत बताए । यस्तै खरी प्रक्रियासँग सम्बन्धित कागजात समेत सार्वजनिक गरिनुपर्ने उनको भनाइ छ।‘अहिलेसम्म सक्कल प्रमाणपत्र झिकाउन पर्छ,’ उनले भने, ‘लेबनानको कम्पनीसँग खरिद गरिएको छ । भुक्तान साइप्रसमा गर्ने भनिएको छ ।’
यस्तै खरिद प्रक्रियाको कागजातमा नेओआलको मोबाइल डाटाबरे सम्पूर्ण तथ्याङ्क लेबनानी कम्पनीलाई दिने भनिएको छ । यसबारे प्रस्ट पारिनुपर्छ । यसबाहेक खरिद प्रक्रिया अधिकांश अपारदर्शिता देखिएको र यी सबै विषय टुङ्गो लगाउनुपर्ने बास्कोटाले बताए ।

