खुम्बु पासाङल्हामुमा जुर्मुराउँदै माओवादी केन्द्र
सोलुखुम्बु।बिश्वकै अग्लो हिमशिखर सगरमाथाको काखमा अवस्थित खुम्बु पासाङल्हामु गाउँपालिकामा नेकपा माओवादी केन्द्र जुर्मुराउन थालेको छ।पार्टीले सञ्चालन गरिरहेको ‘जनतासङ्ग माओवादी विशेष रुपान्तरण अभियान’का क्रममा जिल्ला समन्वय समितिका संयोजकसमेत रहनुभएका थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष अशिम राईको भागमा परेको सो गाउँपालिकामा अन्यत्र भन्दा कमजोर अवस्थामा रहेको सो पार्टीको संगठन सशक्त बन्ने सम्भावना बढेर गएको हो।

अभियान सञ्चालनका क्रममा पटकपटक खुम्बु पासाङल्हामु पुगेर स्थानीयसंग संयोजक राइले गरेको घुलमिलको परिणाम स्वरुप खुम्बुमा पार्टी प्रवेशको लहर नै चलेको नेकपा माओवादी केन्द्र सोलुखुम्बुले जनाएको छ।

अभियानका क्रममा शुक्रबार आयोजित पार्टी सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरण कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि झण्डै एकदर्जन बढी कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र )मा प्रवेश गरेका सो पार्टीले जनाएको छ । नवप्रवेशीलाई जिल्ला संयोजक राईले पार्टीमा स्वागत गर्नुभएको माओवादी नेता बिजय तामाङले जानकारी दिनुभयो । पार्टी प्रवेश गर्नेहरुमा लाक्पा तामाङ, छेपाल नाम्गेल शेर्पा, पुर्णीमाया तामाङ, शक्तिमाया तामाङ, चरिमाया तामाङ, साबित्रामाया तामाङ लगायत रहनुभएको छ ।
यस्तै, फुनुरु शेर्पाको अध्यक्षतामा १५ सदस्य नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र )खुम्बु पासाङल्हमु गाउँपालिका २ नं. वडा कमिटी गठन गरिएको छ । सोही कार्यक्रम सहित अभियानको समापन पनि गरिएको बताइएको छ । निवर्तमान पार्टी वडाध्यक्ष धनकुमार तामाङको अध्यक्षता तथा नेकपा माओवादी केन्द्र सोलुखुम्बुका सम्योजक तथा प्रदेश सचिवालय सदस्य असिम राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र सोलुखुम्बुका सम्योजक तथा प्रदेश सचिवालय सदस्य असिम राईले देशमा परिवर्तनको सम्वाहक माओवादी बाहेकको विकल्प नभएको बताउनुभयो । माओवादीको एजेन्डामा राज्य सञ्चालन भैइरहेको भएपनि परिवर्तनका विरोधीको सक्रियता बढ्न सक्ने तर्फ सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

