माप्य दुधकोशीमा पालिका शिक्षा योजना हस्तान्तरण



खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।रीड नेपालको आयोजना तथा माप्य दुधकोशी गाउँपालिकाको समन्वयमा शिक्षा योजना हस्तान्तरण तथा लैंगिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी कार्यशाला सम्पन्न भएको छ ।

रीड नेपालको प्राविधिक सहयोगमा निर्माण भएको शिक्षा क्षेत्र योजनाको ड्राफ्ट रीड नेपालका प्रमुख कार्यकारी अधिकृत भिम बहादुर बोगटीले गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईलाई हस्तान्तरण गरेका छन् योजना हस्तान्तरण गर्दै बोगटीले कार्यक्रममा शिक्षा योजनालाई मूर्तरुप दिन आवश्यक तथ्यांक तथा सुचनाहरु छिट्टै उपलब्ध गराइदिन आग्रह गर्नुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गौरब राई कार्यपालिका सदस्यहरु , शाखा प्रमुखहरु र विद्यालयका प्रअहरुको उपस्थिति रहेको रीड नेपालका शिक्षा विकास अधिकृत विष्णु उपाध्यायले जानकारी दिनु भयो साथै कार्यक्रममा लैंगिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी छलफल भएको छ ।

पालिकाको लैंगिक नीति निर्माणका विषय माथि छलफल गर्दै नमूना ढांचा माथि पनि छलफल गरिएको रीड नेपालले जनाएको छ, कार्यक्रममा शिक्षा योजनामाथिको छलफलमा रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले सहजीकरण गर्नु भएको थियो भने लैंगीकता बारे रीड नेपालका सेफगार्ड अधिकृत लक्ष्मी श्रेष्ठ ले सहजीकरण गर्नु भएको थियो।

कार्यक्रममा अध्यक्ष राईले शिक्षा क्षेत्रमा रीड नेपालको योगदान अतुलनीय रहेको बताए अन्य संघ सस्थालाई रीड नेपालबाट परियोजना संचालन गर्ने तरिका सिक्न अनुरोध गर्दै रीड नेपालका हरेक काम पारदर्शी र उपयोगी रहेको बताउनु भयो ! साथै शिक्षा योजना लाई छिट्टै कार्यपालिकाबाट पारित गरी कार्यन्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्