नाबालिका बलात्कार आरोपमा माओवादी केन्द्रका नेता पक्राउ
काठमाडौं । बलात्कारको आरोपमा नेकपा माओवादी केन्द्रका नेता भूमिनन्द देवकोटा पक्राउ परेका छन्।

१७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोपमा गोरखा घर भएका देवकोटालाई प्रहरीले गत साता पक्राउ गरेको जनाइएको छ। उनी हिसिला यमी मन्त्री हुँदा स्वकीय सचिव थिए। तर यमीले माओवादी छाडेपछि देवकोटा भने माओवादी केन्द्रमै सक्रिय रहेका थिए।
पीडित भनिएकी १७ वर्षीया ती किशोरीलाई देवकोटाले ६ वर्षको उमेरदेखि आफ्नो घरमा संरक्षण दिएर राखेको अनुसन्धानका क्रममा पाईएको प्रहरीले जनाएको छ ।
प्रहरीमा पीडित बालिकाले दिएको जाहेरीमा देवकोटाले विगत १ वर्षदेखि उनलाई जबरजस्ती करणी गरेको उल्लेख छ ।
देवकोटाको घरबाट निस्किएपछि उनी एक युवकसँग बस्दै आएकी थिइन् । प्रहरीले प्रेमी भनिएका ती युवकलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा पेप्सीकोला बस्ने २७ वर्षका दीपेश नेपाली रहेका छन् ।
नेपालीले पीडित भनिएकी किशोरीलाई कात्तिक ३० गते बलात्कार गरेको जाहेरीमा उल्लेख छ । हाल दुवै जनालाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
(सांकेतिक तस्बिर )

