पौष ५ गतेदेखि चौथौ नेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रर्दशनी हुने



काठमाडौं।मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा.लि.ले विगतका वर्षहरु झैं यस वर्ष पनि चौथौ नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनीको आयोजना गर्ने भएको छ।भृकुटीमण्डप,काठमाडौँमा पौष ५,६ र ७ गते आयोजना हुन गइरहेको प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहने बताइएको छ।

नेपाल फाईभ पी नेपाल अधिराज्यभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ्, प्याकेजिङ् र प्रोसेसिङ्संग सरोकार राख्ने व्यापार व्यवसायहरुलाई एकै ठाउँमा ल्याएर ब्यापार साझेदारि,नविनतम प्रविधी प्रदर्शन र संवाद गर्न साझा मंच प्रदान गर्नु प्रदर्शनीको उद्देश्य रहेको बताउंदै आयोजकले देश भरीबाट बढी भन्दा बढी उद्यमी, अनुसन्धानकर्ता, संघ संस्थाका प्रतिनिधिले प्रर्दशनीमा आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर प्रदान गर्ने बिश्वास लिएको छ।

यस प्रदर्शनीमा प्लास्टिक प्रोसेसिङ् मेसिनरीका उत्पादकहरु, स्क्रिन प्रिन्टिङ्, ईन्डक्सन मोल्डिङ् मेसिन, प्रिन्टिङ् मेसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मेसिनरी, प्रिन्टिङ् स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मेसिनरी, सबै खालका कागज र स्पेर पार्टस, प्याकेजिङ् मेसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक लगायतका संस्थाहरुको सहभागिता रहने छ ।

“सप्लायर्स र उत्पादकहरुको साझा मंच मात्र नभएर नेपाल फाईभ पीले समृद्द नेपालको रेखांकनमा पनि उत्तिकै योगदान पुर्याउनका साथै संसार भरिका उत्कृष्ट प्रविधि र प्रयासहरुलाई भित्राउने छ”, नेपाल फाईभ पि एक्स्पोका आयोजकले दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्