शुक्रबार बस्ने गरी कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान



काठमाडौँ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेका छन।शुक्रबार दिउँसो १२ बजेपछि बस्नेगरी बैठक आह्वान गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा महासमिति बैठकको तयारी, जाजरकोट भूकम्प, समसायीक राजनीतिकका सम्बन्धमा छलफल हुने पौडेलको भनाइ छ।कांग्रेसले आगामी पुस १६ देखि १९ का लागि महासमिति बैठक बस्ने तय गरेको छ।

कांग्रेस विधान अनुसार कार्यसम्पादन समिति ४६ जनाको हुने व्यवस्था छ। सभापति देउवाले ३७ जनाको मात्रै कार्यसम्पादन समिति बनाएका छन्।

प्रतिक्रिया दिनुहोस्