आज मार्गशीर्षकृष्ण चतुर्दशी : पितृपोक्षको कामना गर्दै शिबालयहरुमा शतबीज छर्नेको भीड



काठमाडौँ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृ मोक्षको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिंदैंछ । आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन् ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न शिबालयहरुमा भक्तजनहरुको भीड लाग्ने गर्दछ।काठमाडौंक ओपशुपतिनाथ लगायत घर नजिकैको शिवालयमा त्रयोदशीको बेलुकीदेखि महादीपदान गरी चतुर्दशीका दिन बिहान शतबीज छर्छन् ।

देशका विभिन्न भागबाट राजधानी आएका श्रद्धालु भक्तजनको मार्गशीर्ष कृष्ण त्रयोदेशीको बिहानैदेखि पशुपति क्षेत्रमा भीड लागेको छ । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्