देशको नेतृत्व तथा शासन व्यवस्था असफल भइसकेको राप्रपाको निष्कर्ष



काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था तथा हिन्दु राष्ट्र पुन:स्थापनाको मागसहित आन्दोलन गर्ने भएको छ। केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आन्दोलनमा जाने प्रस्ताव पारित गरेको हो।

राजनीतिक, सामाजिक, आर्थिक रुपले देश संकटपूर्ण अवस्थामा रहेको र देशको नेतृत्व तथा शासन व्यवस्था असफल भइसकेको निष्कर्ष निकाल्दै राप्रपाले आन्दोलनको अपरिहार्यतामा जोड दिएको हो।

‘राजसंस्था, हिन्दुराष्ट्रको पुन:स्थापना, संघीयता खारेजीको पक्षमा एवं सुशासन र जनजीविकाका पक्षमा आन्दोलन गर्न गठित मस्यौदा समितिको प्रस्तावलाई परिमार्जन सहित पारित गरेको छ र सो प्रस्तावलाई केन्द्रीय कार्यसमितिको बैठकमा पेश गर्ने अनुमति प्रदान गरेको छ,’ राप्रपाको निर्णयमा भनिएको छ। राप्रपाले पुस १, २ र ३ गते बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक समेत बोलाएको छ।

राप्रपाले राष्ट्रिय सभाको निर्वाचनमा भाग लिने निर्णय गर्दै त्यस सम्बन्धमा अन्य दलसँग आवश्यक सहयोग जुटाउन, संवाद गर्न पार्टीको राजनीतिक विभागका प्रमुख बुद्धिमान तामाङलाई जिम्मेवारी दिएको छ।file foto

प्रतिक्रिया दिनुहोस्