०४६ सालपछि उच्च ओहोदामा बसेकाहरूको सम्पत्ति छानबिन गर्नुपर्छ : महामन्त्री थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिकमा निराशा र आक्रोश देखिएको भन्दै त्यसलाई सम्बोधन गर्नुपर्ने बताएका छन्।

शनिबार नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले जनता रिसले रन्थनिएको बताउंदै थापाले २०४६ सालपछि सरकारका हरेक निकायका उच्च ओहोदामा बसेकाहरुको सम्पत्ति छानबिन गरी दोषी देखिए कारबाही गर्नुपर्ने बताए। । जनतामा रहेको अलमल, आक्रोश र नैराश्यतालाई चिर्दै उत्साह, भरोसा जगाउने नेतृत्व अहिलेको आवश्यकता रहेको भन्दै महामन्त्री थापाले बाँकी तीन वर्ष राम्रो काम गरे जनताले चुनावमा कांग्रेसलाई भोट आफैँ दिने बताए । त्यसका लागि सत्तामा रहेका सरकारका हरेक संरचनाको नेतृत्व गर्नेहरु कांग्रेसीहरुले जनपक्षीय काम गर्नुपर्ने महामन्त्री थापाको भनाइ थियो ।
महामन्त्री थापाले नेताहरुमा रहेको अलमल र असक्षमताले राजावादीहरुले सलबलाउने मौका पाउन थालेको तर्क गरे । नागरिक रिसले आगो भएका बेला केही व्यक्तिले बलेको आगोमा घिउ थप्ने काम गरिरहेको उनको भनाइ थियो।
उनले भने,’नागरिक रिसले रन्थनिएको छ। रिस दन्दनी बलेको छ। यो दन्दनी बलेको बेलामा केही साथीहरु के गर्दैछन्, बलेको आगोमा घिउ हाल्दैछन्। घिउ हालेर के भन्दैछन्– यो सबै किन भएको हो थाहा छ, राजा नभएर भएको हो, राजा भएको भए सबै ठीक हुन्थ्यो।’
आफूहरुले नयाँ व्यवस्थाले नागरिकका सबै समस्या समाधान हुन्छन् भनेकोले नागरिकलाई आक्रोशबाट बाहिर निकाल्ने काम पनि आफूहरुकै भएको उनले बताए। ‘आज नागरिकहरुमा निसारा छ। आक्रोश छ। त्यसबाट बाहिर निकाल्ने काम हाम्रो हो,’ उनले भने।
यस्तै, उनले सभापति देउवाले अब आफूहरुलाई पार्टी चलाउन दिनुपर्ने बताए। उनले भने,’…शेरबहादुर देउवा पार्टी सभापति हुनुहुन्छ। देश हामीले भनेको राजमार्गमा गएको छ। तर यो राजमार्ग चलाउने चालकको जिम्मा पनि तपाईंले हामीलाई दिनुपर्छ। त्यसैले यो निर्वाचनको जिम्मा हामीलाई दिनुहोस्। यो राजमार्गमा गाडी हामी कुदाउँछौँ।’file foto

