बाटोबाटै फर्काईए दुर्गा प्रसाईं,’गुरु’ तीलक अधिकारी गौशालाबाट पक्राउ
काठमाडौं।राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानको नेतृत्व गरिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले प्रदर्शनमा जानबाट राेक लगाएकाे छ।

प्रसाईंलाई प्रहरीले पेप्सीकोलाबाट अगाडि जान राेक लगाएकाे हाे। उनी आफ्ना कार्यकर्तासहित गाैशालामा प्रदर्शन गर्नका लागि भक्तपुरबाट जाँदै थिए। साेही क्रममा उनलाई प्रहरीले अवराेध गरेकाे हाे।प्रहरीको अवरोधपछि प्रसाईं र प्रदर्शनकारी निवासतर्फै फर्किएका छन्।
अभियानका समर्थक ‘गुरु’ तीलक अधिकारी पक्राउ परेका छन्। उनी गौशालाको वेङ्कटेश मन्दिरबाट पक्राउ परेका हुन।राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानको प्रदर्शनका क्रममा उनी पक्राउ परेका हुन्।
प्रसाईं समूहको प्रदर्शनमा प्रहरीले सोमबार पनि गौशालामा व्यापक लाठीचार्ज गर्नुका साथै धर्मगुरु श्रीनिबासाचार्यसहित १५ जनालाई पक्राउ गरेको थियो।

