दुर्गा प्रसाईं समूहको प्रदर्शनमा प्रहरीको लाठीचार्ज,श्रीनिबासाचार्य पक्राउ
काठमाडौं।व्यवसायी दुर्गा प्रसाईं समर्थकको प्रदर्शनमा प्रहरीले व्यापक लाठीचार्ज गरेको छ । काठमाडौंको गौशालामा प्रदर्शन गरिरहेकाहरुमाथि प्रहरीले बल प्रयोग गरेको हो। उनीहरूले गौशाला चोकमा बाटो बन्द गरेर आमसभा गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो।

झडपका क्रममा प्रहरीले धर्मगुरु श्रीनिबासाचार्यलाई पक्राउ समेत गरेको छ।उनले भीडलाई उत्तेजित बनाउने अभिव्यक्ति दिएको प्रहरीको आरोप छ।
धर्मगुरुको अगुवाइमा भएको आन्दोलनमा प्रसाईं पुगेपछि प्रदर्शनकारीले आधा घण्टा गौशाला चोकमा सडक जाम गरेर आमसभा गर्न दिनुपर्ने माग गरेका थिए। राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको नाममा केही दिन यता काठमाडौंमा विरोध प्रदर्शन भइरहेको छ।

