आजपाको स्थायी समिति बैठक सुरु, अन्तरिम सरकार गठनको माग



काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मुलुकलाई संकटबाट निकास दिन अन्तरिम सरकार बनाएर अघि बढ्नु नै सही निर्णय हुने बताएका छन्।

सोमबारबाट काठमाडौंमा सुरु पार्टी स्थायी समितिको बैठकमा उनले सरकारले बिचौलिया र दलालको हिस्साका रूपमा काम गरिरहेको आरोप लगाउदै साहले वर्तमान गठबन्धन सरकार विघटन गरिनुपर्ने धारणा राखे। यस्तो सरकार विघटन गर्नुपर्नेमा उनले जोड दिए ।उनले मुलुकमा विद्यमान राजनीतिक अराजकतालाई अन्त्य गर्न राष्ट्रपतीय प्रणालीमा जानुपर्ने प्रस्ताव समेत गरे ।

“…हामीले भनेका छौँ– देशको निकासको सही निर्णय भनेकै यो सरकारको विघटन, यो व्यवस्थाको विकल्पमा अन्तरिम सरकार बनाएर अघि बढ्ने हामीले भनेका छौँ,” उनले भने, “राष्ट्रपतीय प्रणालीमा जानुपर्छ । अनि मात्रै देशमा स्थिरता प्रदान हुन्छ । अनैतिकताको राजनीतिलाई अन्त्य गर्नुपर्छ ।”

सरकारले मिटरब्याजीका नाममा भ्रष्टाचार र घुसखोरीलाई बढावा दिएको भन्दै उनले त्यसविरुद्ध आफ्नो पार्टीले आन्दोलन गर्ने चेतावनी दिए ।अध्यक्ष साहले राजनीतिक दलहरूले जनमतको अपमान गरेको टिप्पणी गरे । उनले आफ्नो पार्टीले जनमत फिर्ता अभियानलाई अघि बढाउने घोषणा समेत गरे ।
file foto

प्रतिक्रिया दिनुहोस्