दुर्गा प्रसाईंको प्रदर्शन आजबाट तीनकुने केन्द्रित हुने



काठमाडौं।राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानका संयोजक दुर्गा प्रसाईंले आजबाट तीनकुनेमा प्रदर्शन गर्ने भएका छन्। पहिलो दिन बल्खुमा शक्ति प्रदर्शन गरेका प्रसाईं आजबाट तीनकुने केन्द्रित हुने भएका हुन्।

प्रसाईंले व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी रहने बताएका छन्। व्यवस्था परिवर्तन गरेर मात्र फर्किने उनको भनाइ थियो।प्रदर्शनपछि बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले श्रीलंकामा भएको आन्दोलन जस्तै नेताका घरघरमा जाने समेत घोषणा गरेका छन् ।

उनले भने–‘श्रीलंकामा जे गरेका थिए नि जनताले, जहाँ जहाँ भेट्छन, त्यही त्यही मसाज गर्छन् । अब कसरी हिँड्दा रहेछन् हेरौँ न ठगेर । मलाई धम्की दिन्थे नि, अब भोलिदेखि उनीहरु जोगिएर हिँडे हुन्छ । कोदो खान नसक्ने मान्छे फाइभ स्टार होटलमा ढल्केर कफी खान्छ हो ५ सय रुपैयाँ कपको ? कहाँबाट पाउँछ पैसा ?’

प्रतिक्रिया दिनुहोस्