झण्डै तीन लाख निजी रकम खर्च गरेर वडाध्यक्ष शेर्पाले गरे टाक्सिन्दुमा सडक स्तरोन्नतिको काम



सोलुखुम्बु । कतिपय जनप्रतिनिधिहरु बिकासका नाममा भ्रष्टाचारमा संलग्न भएको तथ्य बाहिर आई रहेका बेला सोलुखुम्बुको एकमात्र नगरपालिका सोलुदुधकुण्ड वडा नं-१ का वडाध्यक्ष छोङ्बा शेर्पाले आफुलाई प्राप्त हुने ब्यक्तिगत सुबिधा खर्च गरेर सडक स्तरोन्नतिको काम गरेका छन् ।

हिंउदमा जेनतेन गाडी गुडेपनि बर्षायाममा स्थानीयलाई आवतजावत जावतमा ठुलो कठिनाइ ब्यहोर्नुपर्ने भएपछि नेकपा एमालेबाट वडाध्यक्ष निर्बाचित शेर्पाले आफुलाई प्राप्त सुबिधाको रकमबाट टाक्सिन्धुको सडक स्तरोन्नति गरेका हुन्।

बैशाख १ गतेबाट सुरु गरिएको सडक स्तरोन्नतिको कामका लागि ३१ गतेसम्म आफुले कुल २ लाख ९३ हजार १ सय रुपैयाँ खर्च गरेको शेर्पाले बताए।वडाध्यक्ष शेर्पाका अनुसार यसबीचमा ७५ घण्टाका लागि जेसिबिको १ लाख २३ हजार ७ सय ५०,इन्धन ६०२ लिटरको १लाख ७ हजार ९ सय ४५ इन्धन ढुवानी ५ हजार, खाना खर्च २९ हजार ५ सय खर्च भएको छ ।

यसैगरी, टाक्सिन्दुमा ट्रयाक्टर १२ हजार ५ सय, गिटी ढुंङगा ६ हजार, ट्रयाक्टर छुलेमुमा रु ६ हजार ५ सय र अपरेटरलाइ थप रु २हजार गरी कुल खर्च २ लाख ९३ हजार १ सय ९५ रुपैयाँ भएको हिसाब उनले सार्बजनिक गरेका छन् ।स्थानीयको सहजताका लागि बार्है महिना सवारीसाधन साधन सञ्चालन होस् भन्ने अभिप्रायले निजी खर्चमा सडक स्तरोन्नतिको काम गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्